केही दिनयता लगातारजसो बढ्दै आएको सेयर बजारमा मंगलबार भारी गिरावट देखिएको छ ।
सोमबार ४० अंक बढेर २८ सय बिन्दु नजिक पुगेको सेयर बजार परिसूचक नेप्से मंगलबार १४५ अंकले ओरालो लागेको हो । १४५.०५ अंकले घटेको नेप्से परिसूचक २६५१.३२ विन्दुमा आएर रोकिएको छ ।
शेयर कारोबार भने झण्डै २४ अर्ब नजिक पुगेको छ । मंगलबार ५ करोड ३८ लाख ४४ हजार २ सय ३७ कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको छ । यो अहिलेसम्मकै सर्वाधिक हो ।
मंगलबार सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ६.०६, विकास बैंक ५.४३, फाइनान्स ८.२७, होटल तथा पर्यटन ८.०३, हाइड्रोपावर ४.७, लगानी ६.३, जीवन बीमा ६.३, उत्पादन ४.७, माइक्रोफाइनान्स ३.८, निर्जीवन बीमा ५, अन्य १.३ तथा ब्यापार समूह ५.८ प्रतिशत घटे ।