उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीले पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने कार्यविधि असोजमा बनाउने र कार्तिकमा कार्यान्वयनमा ल्याउने बताएका छन् ।
आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘१०–२० प्रतिशत इथानोल मिसाउने व्यवस्था छ ।असोज महिनाभित्र कार्यविधि पास हुन्छ । कार्तिकमा कार्यान्वयन गर्नेगरी अगाडि बढ्छौँ’ उनले भने ।
यसका लागि उखु खेती विस्तार गर्नुपर्ने समेत उनले बताए । त्यसका लागि उखु किसान र चिनी उद्योगीसँग छलफल गर्ने समेत उनले बताए ।
‘यसले गर्दा चिनीको उत्पादन बढ्छ । बजारमा चिनीको अभाव हुँदैन र रोजगारी पनि बढ्छ’ उनले भने । यसो गर्दा मुलुक चिनीमा आत्मनिर्भर हुने र पेट्रोलियम पदार्थ आयातमा कमी आउने उनको भनाई छ ।