सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घरेलु बजारमा सुनको मूल्य हालसम्मकै महङ्गो भएको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि गत भदौ २१ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

अघिल्लो दिन भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७८० रुपैयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.