सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो दिन तोलामा ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँमा रहेको छ । यो दिन चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३४ हजार ८६० रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६४२ रुपैया कायम भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.