तीन दिनको गिरावटमा ब्रेक लाउदै आज बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपालीमा लागातार ३ दिन घटेको सुनको मूल्यमा ब्रेक लागेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै नेपालमा पनि सुनको मूल्य बढेको हो । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.