त्रिशूली थ्रिबी सबस्टेसनको काम छिटो सक्न ऊर्जामन्त्रीको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्रिबी हब २२०–१३२–३३ केभी सबस्टेसन तथा प्रसारण लाइनको काम चाँडो सक्न निर्देशन दिएका छन्।

मंगलबार स्थलगत निरीक्षण गर्दै उनले प्रसारण लाइन विस्तारका क्रममा समस्या आए समाधान गरी छिटो पूरा गर्न निर्देशन दिए।

ऊर्जामन्त्री खड्काले प्रसारण लाइन विस्तारको काम ढिलाइ हुँदा राज्यले दैनिक ठूलो घाटा बेहोर्नु परेको भन्दै जनशक्ति थप गरेर भए पनि चाँडो काम सम्पन्न गर्न निर्देशन दिए।

सबस्टेसन निर्माण र चिलिमे जलविद्युत आयोजनाबाट त्रिशूली थ्रिबी हब सबस्टेसनमा ल्याउनका लागि निर्माण गरिएको प्रसारण लाइन चाँडो सम्पन्न गर्ने गरी काम गर्नुहोस्, ऊर्जामन्त्री खड्काले भने।

त्रिशूली थ्रिबी हब २२०–१३२–३३ केभी सबस्टेशनको काम अन्तिम चरणमा छ भने चिलिमेबाट उक्त सबस्टेसनमा जोड्ने प्रसारण लाइनको काम मैलुङ क्षेत्रमा रोकिएको छ।

यसैबीच, मन्त्री खड्काले रसुवाको उत्तरगया गाउँपालिकामा रहेको त्रिशूली थ्रिए जलविद्युत आयोजनाको निरीक्षण पनि गरे।

ऊर्जामन्त्री खड्कासँगै रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्य, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, सोही मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको निरीक्षण गरे।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.