करिब ५० अंक बढ्यो नेप्से, १२ वटा उपसमूहमा हरियाली

साताको चौथो कारोबार दिन बुधबार बजार दोहोरो अंकले बढेको छ । यो दिन नेप्से परिसूचक ४९.१८ अंकले बढेर २ हजार ५१९.५७ विन्दुमा पुगेको छ ।

शेयर बजारको ओरालो यात्रा यो दिन भने उकालो लागेको छ । निरन्तर नेप्से परिसूचक घटेका कारण लगानीकर्ताको सुझबुझपूर्ण निर्णयका कारण यो दिन भने बजार २ हजार ५०० विन्दुबाट उकालो यात्रा समातेको छ । दिनभर निक्कै उतारचढाव रहेको बजार अन्तिम समयमा आएर बढेको छ ।यो दिन बजार बढेपनि कारोबार भने अघिल्लो दिनको तुलनामा घटेको छ ।

यो दिन ३२७ वटा कम्पनीको १ करोड २४ लाख९८ हजार ९८९ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।अघिल्लो कारोबार दिन मंगलबार १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यो दिन बजार घटेपनि काराबोर भने घटेको अवस्था छ ।त्यस्तै राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि ७.९१ अंकले बढेर ४५२.८० विन्दुमा पुगेको छ।

यो दिन २२३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । तीन वटा कम्पनीको मूल्य भने स्थिर छ ।
यस दिन पाँच ओटा अलग( अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा वीन लघुवित्त, यूनिक नेपाल लघुवित्त,थ्रीस्टार हाइड्रोपावर,सगरमाथा जलविद्युत कम्पनी र न्यादी हाइड्रोपावर छन् । त्यस्तै यो दिन माथिल्लो मैलुङखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.५४ प्रतिशतले बढेको छ । त्यस्तै हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६.३६ प्रतिशतले घटेको छ ।कारोबार रकमका आधारमा यो दिन शिर्षस्थानमा ङादी ग्रूप पावर कम्पनी छ । उक्त कम्पनीको १५ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।यसैगरी, दोस्रो स्थानमा अरुण भ्याली हाइड्रोपावर कम्पनी छ। उक्त कम्पनीको १३ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
त्यस्तै, सीईडीबी हाइड्रोपावरको १३ करोड माथिको शेयर खरिदबिक्री भएको छ।यसैगरी, यो दिन नेप्सेमा सूचीकृत १३ वटै उपसमूह मध्ये म्युचुअल फण्ड बाहेक सबै उपसमूहमा हरियाली छाएको छ । यो दिन सबैभन्दा बढी वित्त उपसमूह ३.८० प्रतिशतले बढेको छ ।त्यस्तै दोस्रोमा होटल्स एन्ड टुरिजम उपसमूह ३.५० प्रतिशतले बढेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.