साउनमा भित्रियो १ खर्ब ३७ अर्ब रेमिट्यान्स

चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्समार्फत भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यो आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो ।

राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको रिपोर्टअनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष ८७ करोड ९८ लाख थियो ।

साउनमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत–नयाँ श्रम स्वीकृति लिनेको ३६ हजार ९२८ छ । यो महिनामा पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ छ । अघिल्लो वर्षको साउनमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.