सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाकै १ लाख ६४ हजार ४ सय रुपैयाँ

सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा सुन किनबेच भएको थियो ।

त्यस्तै तयारी गहनाको मूल्य भने कम्तीमा १ लाख ८९ हजार पुगेको छ । महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य र त्यसमा थप २० प्रतिशत भन्सार शुल्क जोड्छ । बैंक र गहना व्यवसायीको नाफा शीर्षकमा १ प्रतिशत छुट्याइन्छ । त्यसपछि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । तर उक्त मूल्यमा सर्वसाधारणले गहना पाउँदैनन् । गहनामा व्यवसायीले ज्याला र जर्तीका नाममा थप १२ देखि १८ प्रतिशत शुल्क जोड्छन् ।

त्यस्तै बिहीबारको तुलनामा चाँदीको मूल्यमा शुक्रबार ३० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रुपैयाँ पुगेको छ । बिहीबार भने चाँदीको मूल्य १ हजार ९ सय ५० रहेको थियो । मुख्यतः अमेरिकी बजारले सुनको मूल्य निर्धारण गर्छ । भारतीय बजारले पनि यसमा प्रभुत्व जमाउँदै आएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.