नबिल बैंकले साधारण सभा गर्ने मिति तय गरेको छ । मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौंमा मंसिर २७ गते बिहान १० बजेदेखि शुरु हुनेछ । उक्त बैंकले मर्जर लाभांश प्रस्तावसहित ४०औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।
सभामा गत आर्थिक वर्षको लाभांश करसहित १० प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश हुनेछ । बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा गत आवमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।
साथै, सभाले दुई जना सञ्चालकक निर्वाचन गर्ने एजेण्डा समेत रहेका छ । बैंकले मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।