एकै पटक ४२ कम्पनी थपिँदा आईपीओ निष्कासनमा अनुमति पर्खिनेको सङ्ख्या ७७ पुग्यो

नेपाल धितोपत्र बोर्डको आईपीओ निष्कासनको पाइपलाइनमा ९ महिनामै ४२ कम्पनी थपिएका छन् । फागुन २० यता ४२ कम्पनी थप भएको बोर्डले जनाएको छ ।

यीसहित अब आईपीओ निष्कासनको पाइपलाइनमा रहेका कम्पनीको संख्या ७७ पुगेको छ । विभिन्न समयमा आवेदन दिएका कम्पनीको सूची बोर्डले एकैपटक सार्वजनिक गरेको हो । लामो समयदेखि सेबोनले अध्यक्ष नपाउँदा अर्बौँको आईपीओ निष्कासन हुन सकेको छैन । यसअघि नै आईपीओ निष्कासनका लागि ३५ कम्पनीहरू पाइपलाइनमा रहेका थिए ।

रमेशकुमार हमालको पदावधि सकिएर बोर्ड अध्यक्षबाट बाहिरिएसँगै आईपीओ निष्कासनको स्वीकृति दिइएको छैन । पहिले नै आवेदन दिएर पर्खाइमा रहेका कम्पनी र पछिबाट अरु कम्पनी थपिएसँगै संख्या बढेको बोर्डका एक अधिकारीले जानकारी दिए ।

पाइपलाइनमा सबैभन्दा धेरै हाइड्रोपावर सेक्टरका कम्पनी छन् । यो सेक्टरका मात्रै ३७ कम्पनीले आईपीओ निष्कासनका लागि स्वीकृति मागेका छन् । त्यस्तै होटल तथा पर्यटन सेक्टरका ५ कम्पनी, लगानी सेक्टरका २, उत्पादन तथा प्रशोधन सेक्टरका १३, माइक्रोफाइनान्स १, माइक्रोइन्स्योरेन्स ४, अन्य सेक्टरका १५ कम्पनीले आईपीओ निष्कासनको लागि स्वीकृति माग गरेको बोर्डले जनाएको छ ।

कुल ४४ अर्ब ७५ करोड ७६ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि स्वीकृति माग गरिएको छ । सो मूल्यको कुल ३१ करोड ७८ लाख ९३ हजार कित्ता सेयर निष्कासन हुने छ ।

यीमध्ये अधिकांश कम्पनीले अंकित मूल्य १ सयमै आईपीओ निष्कासनको प्रस्ताव गरेका छन् । तर केहीले ५० र केहीले अंकित मूल्य १०० मा थप प्रिमियममा सेयर निष्कासनका लागि प्रस्ताव गरेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.