नेपाल राष्ट्र बैंकले आजपनि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्ने भएको छ । बजारमा निक्षेपकाु तुलनामा कर्जा प्रवाहमा सुस्तता आउँदा अधिक तरलताको समस्या देखिएपछि राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तान्न लागेको हो ।
उक्त रकम तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि तान्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी फागुन १ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।