अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो

Image

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित कतिपय मुद्रा भने सस्तिएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो एकको खरिददर १६० रुपैयाँ १४ र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा छ। हिजो युरो एकको खरिददर १५९ रुपैयाँ ४९ र बिक्रीदर १६० रुपैयाँ १८ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ६१ र बिक्रीदर १८८ रुपैयाँ ४४ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८७ रुपैयाँ र बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा थियो।

त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८० पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६६ पैसा थियो।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ६४ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ३० पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ३४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६५ रुपैयाँ ९८ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।