साताको अन्तिम दिन सेयर बजारमा करिब ७ अंकको गिरावट आएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ८६ अंकले घटेर १ हजार १ सय ४० दशमलव ६० को आइपुगेको हो ।
यस अघि मंगलबार भएको कारोबारमा पनि परिसूचक ओरालो लागेको थियो बुधबार भने होलि पर्वका बारण सेयर कारोबार बन्द भएन ।
कारोबार रकमका आधारमा मंगलबार नेपाल लाइफ इन्स्योरेन्सको पहिलो नम्बरमा देखिएको छ । नेपाल लाइफको बिहीबार २ करोड ४ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर किनबेभ भएको छ ।