अनधिकृत संरचना हटाउने अभियान महानगरको हो, मेरो साथ र समर्थन छः सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनधिकृत संरचनाहरू हटाउने महानगरको अभियानमा आफू सँगै रहेको स्पष्ट पारेकी छन् । मेयर बालेन्द्र साहको नेतृत्वमा चलिरहेको अभियानमा उपमेयरको अनुपस्थितिलाई लिएर प्रश्न उठाइएपछि उनले स्पष्टीकरण दिएकी हुन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुनिताले अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरको भएकाले कानून कार्यान्वयन गर्ने सबै कार्यमा उपमेयरको हैसियतले आफ्नो साथ, सहयोग र समर्थन रहेको स्मरण गराएकी हुन् । आफ्नो विषयमा केही अनलाइन मिडियाले भ्रम पैदा गरेको भन्दै उनले प्रतिवादसमेत गरेकी छन् ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.