‘अनधिकृत संरचना हटाउन बालेन नेतृत्वको टोली आज पनि फिल्डमा’

बिहीबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन० सहितको टोली शंखमूल र बानेश्वरमा अनधिकृत संरचना हटाउन पुगेको छ ।

मेयर बालेनसहित डीआईजी मिरा चौधरी शंखमुल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा पुगेका छन् । अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाउँमा मेयर सहितको टोली पुगेका हुन् ।

बानेश्वर र शंखमुल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीहरुलाई भाडा दिएका ठाउँमा पनि बालेन पुगेका छन् ।

यस क्रममा बालेन र व्यापारीहरु बीच चर्का चर्की नै परेको छ । व्यापारीहरुले जे मन लाग्यो त्यहि गर्ने, हामीलाई थर्काउने के तपाई डन हो भनेर बालेनलाई प्रश्न गरेका थिए । जवाफमा बालेनले यसअघि नै समय दिएकाले अब पनि समय दिन नसक्ने बताएका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.