अमेरिकी चुनावको परिणाम जे भएपनि सुनको मूल्य बढ्ने

यो साता आउने अमेरिकी चुनावको परिणाम जे भएपनि सुनको मूल्य बढ्ने निश्चित भएको लगाानीकर्ताहरुले बताएका छन् ।
अमेरिकाले ठूलो आकारको वित्तीय पुनरउत्थान कार्यक्रम ल्याउने भएकाले जसले जितेपनि कुनै अर्थ नराख्ने कोस्ट क्यापिटलका सीआईओ जेम्स रास्टेनले बताए ।
“हामी खर्बौ डलर छाप्छौ र यसले अन्ततः सुनका लागि असाधारण सकारात्मक परिणाम ल्याउने छ,” उनको भनाई थियो ।
“वित्तीय र मौद्रिक नीतिहरु जुनसुकै नेतृत्व भएपनि उस्तै हुने छ । भिन्नता भनेको वास्तविक भन्दा बढी कल्पनात्मक खालको हुने निश्चित छ,”रास्टेनले थपे ।
वित्तीय प्रोत्साहन वा सरकारी खर्च वा कर कटौतीले आर्थिक गतिविधिलाई बढाउने छ । यसले विशेष रुपमा फराकिलो घाटा हुने छ । यो अवस्थाले लगानीकर्ताको विश्वास घटाउन सक्छ र उनीहरुलाई सुरक्षित मानिएको सम्पत्ति सुनमा लगानी गर्नका लागि प्रोत्साहित गर्नेछ । यो अवस्थाले सुनको मूल्य उच्च हुनेछ ।
खुद्रा सुनको मूल्य अगस्टमा २००० डलर पुगेको थियो । पछिल्ला साताहरुमा भने मूल्य १,९०० डलरको हाराहारीमा कारोबारा भएको थियो । बुधबार सुनको मूल्य १,९१२.४१ डलरका कारोबार भएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.