अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो र पाउण्ड, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १० पैसा र बिक्रीदर १३३ रूपैयाँ ७० पैसा कायम गरिएको छ।

शुक्रबार डलर एकको खरिदद १३३ रूपैयाँ २६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८६ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १६ पैसा घटेको हो।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ भने अघिल्लो दिनको तुलनामा बढेको छ।

आज पाउण्ड एकको खरिदमा १७० रूपैयाँ ३१ पैसा र बिक्रीदर १७१ रूपैयाँ ०८ पैसा तोकिएको छ।

शुक्रबार पाउण्ड एकको खरिददर १७० रूपैयाँ २१ पैसा र बिक्रीदर १७० रूपैयाँ ९८ पैसा कायम गरिएको थियो।

युरोपियन युरो एकको खरिददर आज १४४ रूपैयाँ ९९ पैसा र बिक्रीदर १४५ रूपैयाँ ६४ पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १६ पैसा बढेको हो।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ८९ रूपैयाँ ०८ पैसा पाइन्छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ २८ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७२ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ३७ पैसा र बिक्रीमा २८ रूपैयाँ ५० पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ५७ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ५३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ६९ पैसा तोकिएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.