असारमा पनि निक्षेपको ब्याजदर घट्ने!

आगामी असारमा पनि बैंकहरूले निक्षेपको ब्याजदर सामान्य घटाउन सक्ने संकेत गरेका छन्।

आर्थिक वर्षको अन्तिम महिना असारमा सरकारी खर्चमा वृद्धि हुने भएको र हालसम्म पनि कर्जा लगानीमा सुधार नदेखिएकोले ब्याजदर सामान्य घटाउने भएका हुन्। वार्षिक वासलातमा राम्रो अवस्था देखाउन कर्जा लगानीभन्दा ऋण असुलीमै बैंकहरूको ध्याउन्न हुन्छ।

ुकर्जा लगानी बढ्न सकेको छैन, असारमा निक्षेप थपिने भएकोले सामान्य ब्याजदर घटाउनुपर्ने अवस्था नै छ,ु एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा बैंकर संघका अध्यक्ष सुनिल केसी बताउँछन्।

पछिल्लो पाँच वर्षको जेठ र असारको निक्षेप हेर्दा असारमा निक्षेप अघिल्लो महिनाभन्दा औसत ४।७९ प्रतिशतको दरमा बढ्ने गरेको छ। पाँच वर्षको तथ्यांक हेर्दा यो अवधिमा बैंकहरूमा निक्षेप एक खर्ब २० अर्बदेखि दुई खर्ब २२ अर्ब रूपैयाँसम्म वृद्धि हुने गरेको छ।

ब्याजदर घटाउनुपर्ने अवस्था भए पनि साधारण बचतमा ३ प्रतिशतभन्दा तल राख्न नहुने अवस्था रहेको केसी बताउँछन्।

केसीले भने, ुअहिले बैंकहरूले प्रणालीमा धेरै भएको रकम राष्ट्र बैंकमा ३ प्रतिशत ब्याजदरमा नै राखिरहेका छौं, त्यसैले यो भन्दा धेरै घटाउन मिल्ने अवस्था भने छैन।ु

पछिल्लो समय कर्जा लगानी विस्तार हुन नसकेपछि बैंकहरूले राष्ट्र बैंकमा रकम राख्दै आएका छन्। बैंकहरूले विभिन्न उपकरणमार्फत् बढी भएको रकम राष्ट्र बैंकका राख्छन्। यसमध्ये एक हो, स्थायी निक्षेप सुविधा। यसमा बैंकहरूले ३ प्रतिशत ब्याजदर पाउँछन्।

गत फागुन २ गतेबाट प्रयोगमा ल्याइएको यो उपकरणमा बैंकहरूले हालसम्म पटक पटक गरेर १६ खर्ब २० अर्ब रूपैयाँ राखेका छन्। पाँच दिनको लागि निक्षेप राखिन्छ। पछिल्लो पटक जेठ २७ गते बैंकहरूले १४ अर्ब ७० करोड रूपैयाँ राखेका छन्।

साधारण बचतको ब्याजदर पनि सामान्य घट्न सक्छ। तर, बैंकहरूले यसको ब्याजदर तीन प्रतिशतभन्दा केही माथि नै राख्नुपर्ने हुन्छ।

सर्वसाधारणलाई कम ब्याजदर दिएर आफूले राष्ट्र बैंकमा बढी ब्याजदर पाउने गरेर पैसा राख्न नमिल्ने भएकोले पनि बैंकहरूले साधारण बचतको ब्याजदर पनि धेरै घटाउन सक्ने अवस्थामा भने छैनन्।

जेठमै बैंकहरूले साधारण बचतमा प्रस्ताव गरेको ब्याजदर न्यूनतम ३।५० प्रतिशतसम्म छ। बैंकहरूले जेठ महिनामा साधारण बचतमा ३।५ प्रतिशतदेखि ५।५० प्रतिशतसम्म ब्याजदर दिइरहेका छन्। करिब डेढ वर्षको अवधिमै साधारण बचतको ब्याजदर आधासम्मले घटेको हो।

गत मंसिर २०७९ मा बैंक तथा वित्तीय संस्थाहरूले साधारण बचत खातामा औसत ७।४६ प्रतिशतसम्म ब्याजदर दिइरहेका थिए। केही बैंकले सो समय केही साधारण बचत खातामै ९ प्रतिशतभन्दा धेरै ब्याजदर दिइरहेका थिए।

अहिले बैंकहरूले साधारण बचतको ब्याजदर पनि धेरै घटाउन सक्ने अवस्था छैन। यस्तोमा केही बैंकले मुद्दती निक्षेपको ब्याजदर पनि घटाउने सम्भावना छ।

जेठको लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ७।०६ प्रतिशत ब्याजदर दिइरहेका छन्। यो ब्याजदर घटाउने बैंकहरूले प्रस्ताव गरेका सर्वसाधारणले मुद्दतीमा ६।३५ प्रतिशतसम्म ब्याजदर पाउन सक्छन्।

राष्ट्र बैंकको नियम अनुसार बैंकहरूले हरेक महिना निक्षेपको ब्याजदर अघिल्लो महिनाको औसत ब्याजदरमा १० प्रतिशतको दरमा मात्रै बढाउन वा घटाउन पाउँछन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.