आइतबार सुनको मूल्य सामान्य वृद्धि

साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ९२ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ । 

यसैगरी तेजावी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ । यसैबीच आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३५ रुपैयाँले बढेर तोलाको १ हजार ३२० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.