आउने शनिवार बैंकका सबै शाखा खोल्नुपर्ने

आउँदो शनिवार बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने काउण्टर तथा शाखाहरु खुल्लै राख्न नेपाल राष्ट्रबैंकले सर्कुलर जारी गरेको छ ।
बैंक तथा वित्तीय संस्था नियमन विभागले बिहीबार यस्तो सर्कुलर जारी गरेको हो ।

नेपाल सरकारको राजश्व बुझ्ने प्रयोजनका लागि पुस २५ गते शनिवारका दिन राजश्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका सबै शाखा तथा काउण्टर एवम् बैंकको क्लियरिङ सम्बन्धी काम गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमीटेड पनि खुल्ला राख्न भनिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.