आजदेखि आँखुखोलाको आइपीओ खुल्दै

आँखुखोला जलविद्युत कम्पनीले साधारण सेयर(आईपिओ) जारी गर्ने भएको छ । १३ लाख ७६ हजार २० कित्ता साधारण सेयर बिक्री खुला गर्न लागिएको हो ।

धितोपत्र निष्काशक तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका अनुसार साधारण सेयरको निष्काशन आगामी असोज २३ गतेदेखि २६ गतेसम्मलाई जारी गर्न लागिएको हो । आईपिओ ढिलोमा भने कात्तिक ६ गते पश्चात बन्द हुनेछ ।

जलविद्युत कम्पनीले जारी गरेको आईपिओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म दरखास्त दिन सक्ने छन् ।
प्रतिकित्ता १०० अंकित दरमा १२ लाख कित्ता तथा स्थानीय बासिन्दालाई जारी गरेको ८ लाख कित्ता सेयर असोज ४ गते बाँडफाँड सम्पन्न गरी बिक्री गरेको थियो ।

कम्पनीले सोही बेलामा बिक्री नभई बाँकी रहेको १ लाख ७६ हजार २० कित्ता जम्मा गरी १३ लाख ७६ हजार २० कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरेको हो ।

सोही सेयर मध्येमा ६८ हजार ८ सय १ कित्ता साधारण सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको गरिएको छ । साथै २७ हजार ५ सय २० कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.