आजसम्म कायम सेयरधनीहरुले मिर्मिरे लघुवित्तको लाभांश पाउने

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ।

संस्थाले यही चैत १८ गते आफ्नो १० औँ वार्षिक साधारणसभा डोकेको छ। लाभांश र वार्षिक साधारणसभाका लागि संस्थाले चैत ८ गतेदेखि चैत १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज चैत ५ गतेसम्म कायम सेयरधनीहरुमात्र यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। किनकि भोलि चैत ६ गते (शुक्रबार) धितोपत्र कारोबार हुँदैन भने पर्सि चैत ७ गते (शनिबार) सार्वजनिक बिदा परेको छ। 

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कुल ९.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ९.२ प्रतिशत बोनस सेयर र बाँकी ०.४८ प्रतिशत नगद रहेका छन्। प्रस्तावित लाभांश वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ। 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.