आज पनि सर्वोच्च अदालतमा बाक्लो सुरक्षाकर्मी परिचालन

आज पनि सर्वोच्च परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदातल फर्किन नदिन सर्वोच्च परिसरमा बिहानैदेखि बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको हो ।

प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएपछि प्रधान न्यायाधीश राणा शुक्रबार अदालत फर्किन लागेका थिए ।

तर उनी अदालत जाने तयारी गरेलगतै सरकारले सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास गरेको हो । उनको निवास बालुवाटारमा समेत बाक्लो सुरक्षाकर्मी खटाइएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.