आज सुनको भाउमा भारी गिरावट, चाँदीको पनि ओरालो लाग्यो

आज सुनको भाउमा भारी गिरावट, चाँदीको पनि ओरालो लाग्यो

सुनको भाउमा आज मंगलबार भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार ८०० रुपैयाँले ओरालो लागेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँमा सीमित बनेको छ।

सुनको भाउ हिजो सोमबार स्थिर रहेको थियो भने अस्ति आइतबार तोलामा ३०० रुपैयाँले बढेको थियो। गत आइतबार र सोमबार प्रतितोला फाइन गोल्ड ९४ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँ घटेर १ हजार १८० रुपैयाँमा झरेको छ। चाँदीको भाउ पनि गत आइतबार सोमबार स्थिर रहँदै १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो।