आज सुन सस्तियो, चाँदीको पनि घट्यो

काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८७ हजार रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ५५० रुपैयाँ कायम भएको छ।

साताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ८७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको पनि तोलामा २० रुपैयाँ घटेर १ हजार २६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो। 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.