आलु-प्याजमा भ्याट हटाउँदा ‘फ्रोजन मिट’ यथावत किन? स्वदेशी महँगो हुँदा तस्करको रजगज

काठमाडौं । उपभोक्ताको भान्सा महँगिएपछि सरकारले आलु तथा प्याजको मूल्य अभिवृद्धि कर ९भ्याट० खारेज गरे पनि ‘फ्रोजन मिट’को यथावत् राख्दा चोरी पैठारीबाट भित्रिने मासुले नेपाली बजार कब्जा गरिरहेको छ।

सरकारले चालु आर्थिक वर्ष फ्रोजन मिटमा १३ प्रतिशत भ्याट लगाइदिएपछि स्वदेशी उत्पादन महँगो भएको र त्यसको फाइदा तस्करले उठाइरहेका छन्। वैधानिक रूपमा कुखुराको मासु आयात गर्न पाइँदैन।

तर, स्वदेशी उत्पादन १३ प्रतिशत महँगो हुने वित्तिकै भारतीय बजारबाट खुलेआम फ्रोजन मिट भित्रिँदा स्वदेशी उद्योग संकटतर्फ धकेलिएको छ। व्यवसायीले कुखुराको मासुलाई कोल्ड स्टोरमा राखेर बेच्ने वित्तिकै भ्याट लगाउने गरेकाले ठूलो समस्या उत्पन्न भएको नेपाल पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले बताए।

कुखुरा, दाना, चल्ला र अन्डामा मुलुक आत्मनिर्भर भइसकेको छ। तर, सरकारी नीतिका कारण कुखुराको मासु चोर बाटो भएर नेपाल भित्रिने र त्यसले स्वदेशी उद्योग धरासायी हुने उनको तर्क छ।

‘हामीले बजेटअघि अर्थमन्त्री वर्षमान पुनलाई भेटेर भ्याट लगाउँदाका असरबारे राम्रोसँग जानकारी गराएका थियौं,’ उनले क्यापिटल नेपालसँग भने, ‘तर, त्यसको कुनै सुनुवाई भएन। आत्मनिर्भर भइसकेको उद्योगलाई परनिर्भर बनाउँदा अर्थमन्त्री पुनलाई के फाइदा हुन्छरु केही बुझिएन।’

खुला सीमानाका कारण चोर बाटोबाट भित्रिने फ्रोजन मिटका कारण स्वदेशी उद्योग समस्यामा भइरहेका बेला अतिरिक्त करको बोझ थपिदिएपछि झन संकट निम्तिएको उनको भनाइ छ।

उपभोक्तालाई स्वदेशीभन्दा चोरबाटोबाट आएको फ्रोजन मिट सस्तो भएपछि उनीहरूको रोजाइमा त्यही पर्नु स्वभाविक भएको मिश्रले बताए।

एकातिर सरकारले कृषि दशक नीति लिएको छ। त्यही अनुसार आफ्ना कार्यक्रम तय गरिरहेको छ। तर, व्यवहारिक रूपमा आत्मनिर्भर भइसकेको उद्योगलाई परनिर्भर बनाएर लगानी जोखिममा पार्न खोजेको संघले आरोप लगाएको छ।

पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महतले कच्चा पदार्थमा भ्याट लगाइदिँदा समग्र पोल्ट्री उद्योग नै समस्यामा परेको थियो। महतको त्यो गल्तीलाई सच्याउन वर्तमान अर्थमन्त्री पुनलाई बारम्बार आग्रह गर्दा पनि सुनुवाई नभएको मिश्रले बताए।

जबकी, भ्याट फाइलन प्रोडक्टमा लाग्छ। फ्रोजन मिट कच्चा पदार्थ हो। सरकारले कच्चा पदार्थमै भ्याट लगाएर चोरी पैठारीलाई प्रश्रय दिएको महासंघले जनाएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.