इ सेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवा कुवेतबाट पनि सुरू, पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुने

काठमाडौं । इ–सेवा मनि ट्रान्स्फर र कुबेतकोे ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्यान्स सेवा सुरू भएको छ। यो सेवा सुरू भएसँगै कुवेतमा रहेका नेपालीहरूले युएई एक्स्चेञ्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इ–सेवावालेटमा पैसा पठाउन सकिनेछ ।
नगदमा पठाइएको रकम नेपालभर रहेका ८ हजारभन्दा धेरै इ–सेवा मनि ट्रान्सफरका एजेन्ट तथा इ–सेवावालेट एपमार्पmत पनि प्राप्त गर्न सकिनेछ । साथै इ–सेवा वालेटमा पैसा पठाउँदा ७५० फिल्स मात्र सेवा शूल्क लाग्नेछ। त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।

युएई एक्स्चेञ्जले छिट्टै नै इ–सेवामनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्पmत पनि सुरु गर्ने छ । रेमिट्यान्ससम्बन्धी सम्झौतापत्रमा इ–सेवा मनि ट्रान्स्फरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र युएई एक्स्चेञ्जका तर्फबाट कार्यकारी प्रमुख कृष्ण कुमार यछारथले हस्ताक्षर गरे ।

इ–सेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवामार्पmत नेपालमा रेमिट्यान्स् भित्राउदै आएको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै इ–सेवाले डिजिटल माध्यमबाट समयको बचत, आर्थिक फाइदा र प्राविधिको प्रयोगबाट सुरक्षित ढंगबाट रेमिट्यान्स् भित्राउँदै आएको छ ।

इ–सेवा मनि ट्रान्सफरलाई रेमिट्यान्स्को विश्वबजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुकोे उद्देश्य रहेको इ–सेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.