उपेन्द्र यादवको नाम बारा–२ बाट सिफारिस

जनता समाजवादी पार्टी(जसपा) ले बारा क्षेत्र नं २ बाट पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस गरेको छ।

जसपाको बारा जिल्ला कमिटीले यादवले चाहना राखेमा प्रतिनिधि सभाको लागि त्यहाँबाट उम्मेदवार बनाउन सिफारिस गरेको हो। यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग राय वदको पनि नाम सिफारिस गरेको छ।

२०७४ को निर्वाचनमा बारा क्षेत्र नं २ बाट रामसहायप्रसाद यादव निर्वाचित भएका थिए। जसपा अध्यक्ष उपेन्द्र यादव २०७४ को निर्वाचनमा सप्तरी २ बाट निर्वाचित भएका थिए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.