एकैदिन तोलामा एक हजार नौ सय रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा खरिद–बिक्री?

साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

अघिल्लो दिन प्रतितोला छ सय रूपैयाँ बढेको सुनको भाउ यस दिन प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

बिहीबार प्रतितोला १८ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.