एक वर्षमा महँगी ३.०१ प्रतिशत बिन्दुले घट्यो, उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत

काठमाडौं । २०८१ वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४।४० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७।४१ प्रतिशत थियो।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आव २०८०र८१ को दस महिने देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति तथ्यांकमा मूल्यवृद्धि अघिल्लो आवभन्दा गत वर्ष घटेको देखाएको हो।

राष्ट्र बैंकका समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६।२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २।९६ प्रतिशत रहेको छ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २३।११ प्रतिशत, दाल तथा गेडागुडीको १०।८५ प्रतिशत, मरमसलाको ८।९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७।४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुको ७।२५ प्रतिशतले बढेको छ।

यस्तै, घ्यू तथा तेल उप–समूहक वार्षिक बिन्दुगत मूल्य सूचकांक ७।१३ प्रतिशतले घटेको छ।

समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२।२६ प्रतिशत, शिक्षाको ५।६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३।४६ प्रतिशतले बढेको छ भने सञ्चार उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०।४८ प्रतिशतले घटेको छ।

२०८१ वैशाखमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४।३० प्रतिशत, तराईको ४।३२ प्रतिशत, पहाडको ४।७० प्रतिशत र हिमालको४।२२ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रको यस्तो मुद्रास्फीति क्रमशः ७।६८ प्रतिशत, ७।१५ प्रतिशत, ७।५७ प्रतिशत र ७।१२ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकका अनुसार २०८१ वैशाखमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५।६८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३।३१ प्रतिशत थियो।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः १०।४० प्रतिशत, ३।७१ प्रतिशत र १।७६ प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५।५५ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.