काठमाडौं। एनएमवि बैंक र कर्जा बजारबीच सम्झौता भएको छ। सम्झौंता अनुसार इच्छुक ग्राहकले सजिलै एनएमबिको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैंकका अनुसार ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया सुरु गरेर कर्जाको अवस्था पनि बुझ्न सक्नेछन् । यो सुविधा एनएमबि भिसा क्रेडिट कार्डमा पनि उपलब्ध रहेको बैंकले जनाएको छ।
सम्झौतामा एनएमबि बैंकका चिफ विजनेश अफिसर गोविन्द घिमिरे र कर्जा बजारका तर्फबाट युरोपमान श्रेष्ठ तथा डाइरेक्टर फोनिक्स क्यापिटलले हस्ताक्षर गरे। यो सम्झौताले ग्राहकलाई रिटेल कर्जा प्रक्रिया सहज हुने बैंकको दाबी छ |