एनसेल र राकुटेन भाइबरको साझेदारी, ग्राहकलाई विशेष डाटा प्याकेज

एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरले एनसेलका ग्राहकलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेका छन्।

यस समझदारीअन्तर्गत ग्राहकले धेरै रुचाएका चार प्याकहरु हिरो प्याक, ननस्टप युट्युब, ट्रिपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले अब भाइबर चलाउनका लागि थप छुट्टै डाटा निःशुल्क पाउँछन्। यी प्याकहरुका साथ भाइबर म्यासेजिङका लागि पाइने डेटामा कुनै अतिरिक्त शुल्क लाग्दैन र पहिलेदेखिकै प्रिपेड र पोस्टपेड डाटा प्याकेजमा वैकल्पिक ‘एड–अन’ को रूपमा उपलब्ध रहेका छन् । यो नयाँ अफरसँगै अब भाइबरका सुविधाहरु जस्तै– भाइबर म्यासेजिङ, स्टिकर, नयाँ अगमेन्टेड रियालिटी (एआर) लेन्सहरु प्रयोग गर्नका लागि थप डेटामा एनसेलका ग्राहकको पहुँच सुनिश्चित भएको छ। भाइबरले प्रयोगकर्ताको डाटा गोपनियता संरक्षण गर्न सुरक्षा पनि परिस्कृत गरेको छ।

त्यसैगरी एनसेल ग्राहकहरुले भाइबरको स्टिकरहरुमा निःशुल्क पहुँच पाउँछन् र खरिद गरेपछि मात्र पाइने ‘पेड स्टिकर प्याक’ पनि विषेशगरी एनसेल ग्राहकका लागि निःशुल्क उपलब्ध रहेको छ। ‘डिजिटल जीवनशैली सक्षम पार्ने हाम्रो निरन्तर यात्राको एक प्रयासका रूपमा हामीले हाम्रा ग्राहकहरुलाई नेपालको एक अग्रणी निःशुल्क म्यासेजिङ एपहरुमध्येको एक भाइबरमा निःशुल्क पहुँचको फाइदा दिन सहकार्य गरेका छौँ। हामी यस साझेदारीबाट साँच्चिकै उत्साहित छौँ र नेपाली उपभोक्ताहरुलाई सेवाबाट फाइदा दिन थप अवसरहरु सिर्जना गर्ने योजनामा छौँ’, एनसेलका चिफ कमर्ससियल अफिसर प्रदीप श्रीवास्तवले भने।

एनसेलले पहिले नै भाइबरमा आफ्ना ग्राहकहरुका लागि समर्पित समुदाय र डिजिटल बट सेवा उपलब्ध गराउँदै आएको छ। यस साझेदारीले निकट भविष्यमा अगमेन्टेड रियालिटी (एआर) मा आधारित लोकजाइज्ड भाइबर लेन्सको पनि सुरुआत पनि गर्नेछ । राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले भने, ‘उच्च गुणस्तरका आधुनिक सेवाहरु उपलब्ध गराउँदै आफ्नो नेटवर्क र म्यासेजिङ प्लेटफर्ममार्फत मानिसहरुलाई जोड्ने भाइबर र एनसेलको लक्ष्यबीच ठूलो तालमेल रहेको छ। हामीलाई विश्वास छ, यो साझेदारीले हामीलाई नेपालमा आफ्नो पहुँच विस्तार गर्न र मापन गर्न मद्दत गर्नेछ।’ ग्राहकले एनसेल एप, आफूलाई पायक पर्ने एनसेलको प्वाइन्ट अफ सेल्स, एनसेल सेन्टर वा एस्ट्रिक१७१२३ह्यास डायल गरेर कुनै एक डाटा प्याक सुचारु गरी यो सुविधा लिन सक्छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.