एफएनसीसीआईमा चुनावी चटारोः उम्मेद्धारी दिन चन्द्र ढकालभन्दा किशोर प्रधान १२ दिन पछि

उद्योगी व्यवसायीहरुको सर्बोच्च संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सारगर्मी बढेको छ । कोरोना भाइरसका कारण गत चैत अन्तिममा हुने महासंघको निर्वाचनसहितको ५४औं साधारणसभा आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

महासंघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान छ । सोही विधानअनुसार नै अहिलेका बरिष्ठ उापध्यक्ष शेखर गोल्छा आगामी मंसिर १३ गतेदेखि स्वतः अध्यक्ष हुँदैछन् । जसकारण बरिष्ठ उपाध्यक्ष पदको निर्वाचन महासंघको केन्द्रबिन्दुमा रहेको छ ।

बरिष्ठ उपाध्यक्षमा व्यवसायीद्धय चन्द्र ढकाल र किशोर प्रधान भिड्ने भएका छन् । ढकालले भने गत कात्तिक ५ गते नै आफ्नो उम्मेद्धारी दर्ता गराइसकेका छन् ।

महासंघको कार्यालय टेकू पुगेर ढकालसहित उनको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराए ।

ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराए ।

गत वर्ष नै बागलुङ उद्योग वाणिज्य संघले ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदावार प्रस्ताव गरेको थियो । पछि गत फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रम गरी ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

महासंघको चुनावका लागि उम्मेदवारहरुले आजदेखि मंसिर ४ गतेसम्म मनोनयनपत्र दाखिला गर्नसक्नेछन् । मनोनयन दाखिला इमोलबाटै गर्न सकिने र त्यसको सक्कल कागजागत मंसिर ४ गतेभित्र महासंघमा बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

बरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी किशोर प्रधानले भोलि अर्थात् कात्तिक १७ गते उम्मेद्धारी दर्ता गर्ने भएका छन् ।

दशैं मान्न बिराटनगर गएका प्रधान कात्तिक १४ गते काठमाडौं फर्किएका हन् ।

‘१७ गते बिहान ११ बजे म र मेरो टिमको उम्मेद्धारी दर्ता गर्ने कार्यक्रम छ,’ प्रधानले भने ।

प्रधानके टिममा जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ उम्मेद्वार छन् । यस्तै एशोसियटमा सौरभ ज्योति उम्मेद्वार रहेका छन् भने वस्तुगतमा अन्जन श्रेष्ठ उम्मेद्वार रहेका छन् ।
अहिले भेटघाट गर्न समस्या भएकाले उम्मेद्धारहरुले भर्चुअल्ली आफ्नो पक्षमा मत मागिरहेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.