एमालेद्वारा प्रतिनिधि सभाका सांसदहरुलाई बिदाई

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाई गरेको छ ।
एमालेले प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिदाई गरेको हो । शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाई गरेको नेकपा ९एमाले० का प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा हुँदा गरेका कामहरुको फेहरिस्त बोकेर निर्वाचनमा जान निर्देशन दिनुभएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामहरुको भण्डाफोर गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिनुभएको उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले नयाँ उम्मेदवार र उत्साहका साथ एमालेलाई बहुमत दिलाउनेगरी निर्वाचनमा खट्न नेताहरुलाई आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा संसदमा खेलेको भुमिकाप्रति सांसदहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.