कक्षामा हाँसेको भन्दै शिक्षकले विद्यार्थीलाई कुटे

शिक्षकको कुटाईबाट बुटवलमा एक विद्यार्थी गम्भीर घाइते भएका छन् । बुटवल उपमहानगर पालिका वार्ड–८ दीपनगर स्थित दीप बोर्डिङ हाई स्कुलका शिक्षकले एक विद्यार्थीलाई घाइते हुनेगरी कुटपिट गरेका हुन् ।

विद्यालयका कम्प्युटर विषयका शिक्षक एकराज गुरागाईंले कक्षा १० अध्ययनरत विद्यार्थी जेनित रायमाझीलाई कुटपिट गरेको बताइएको छ । कुटपिटबाट जेनितको कान र घाँटीमा गहिरो चोट लागेको छ ।

तिलोत्तमा–५ घर भएका जेनित कक्षा कोठामा हाँसेको भन्दै शिक्षकले कुटेको विद्यार्थीहरुले बताएका छन् । विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले शिक्षकलाई दुई थप्पड हानेको आफूले जानकारी पाएको बताए ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.