करिश्माविरुद्ध साइबर ब्यूरोमा उजुरी दिने निहारिकाको तयारी

महोत्तरीकी निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिने भएकी छिन् । आफ्ना नीजि तस्विरहरु अनुमति बिना सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै उनले करिश्माविरुद्ध उजुरी दिन लागेकी हुन् ।

उनले आजै साइबर ब्यूरोमा उजुरी दिने तयारी गरेको बताइन् ।गत महिना करिश्माले निहारिकाको एक युवकसित अन्तरंग सम्बन्ध झल्किने केही तस्विरहरु फेसबुकमा सार्वजनिक गरेकी थिइन् ।

करिश्माले केही दिनअघि निहारिका र उनका पूर्वप्रेमी शिवराज श्रेष्ठका अन्तरंग तस्वीरहरु सामाजिक सञ्जालमा राखेकी थिइन् । शिवराजले नै आफूलाई बलात्कार गरेर बच्चा जन्मिएको भन्दै निहारिकाले न्यायको लडाईं लडिरहेकी छन् । अस्ति मात्रै जकपुर उच्च अदालतले उनको बच्चा र आरोपीको डीएनए टेस्टका लागि आदेश दिएको छ ।

निहारिका गत असारमा पहिलोपटक अनशन बस्दा करिश्माले उनको पक्षमा आवाज उठाएकी थिइन् । करिश्मा अनशनस्थलमै आफ्ना म्यानेजरलाई पठाएर २० हजार रुपैयाँ सहयोग गरेकी थिइन् ।

निहारिकाले आज करिश्माले गरेको सो आर्थिक सहयोगसमेत फिर्ता गर्ने भएकी छन् । उनले करिश्माको गोदावरीस्थित घरमै पुगेर पैसा फिर्ता गर्ने बताइन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.