काठमाडौंको नयाँ बसपार्क क्षेत्रका होटलमा सिसी क्यामेरा अनिवार्य

काठमाडौंको नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्य सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ। नेपाली होटल व्यवसायी संघले होटल क्षेत्रको सुरक्षा र आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने बताएको हो।

संघका अध्यक्ष गणेश ढकालले संघभित्र आवद्ध होटलहरुको निरन्तर अनुगमन गरी व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कताका बारे जानकारी दिँदै सबै होटलले अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्न निर्देशन दिइएको बताए।

यस्तै वडा कार्यालय र अन्य ठाउँमा दर्ता नभएका होटललाई दर्ता गर्न लगाई मर्यादित ढङ्गले सञ्चालन गर्नसमेत आग्रह गरिएको छ। होटल व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने उद्देश्यले विसं २०५७ मा स्थापना भएको सङ्घमा हाल नयाँ बसपार्क, सुन्धारा, बाँसवारीलगायतका क्षेत्रका चार सयभन्दा बढी होटल व्यवसायी आवद्ध छन्।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.