फुटपाथ व्यापारीलाई व्यवस्थापन गर्न बालेनलाई बाबुरामको आग्रह

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न काठमाडौं महानगरका मेयर बालेन्द्र बालेन साहसँग आग्रह गर्नुभएको छ ।

शुक्रबार बिहान अध्यक्ष भट्टराईले सामाजिक संजाल ट्वीटर मार्फत यस्तो बताउनुभएको हो । महानगरपालिकालाई व्यवस्थित गर्ने र नदीलाई पुनर्जीवन दिने मेयर साहको अभियानको अध्यक्ष भट्टराईले प्रशंसा समेत गर्नुभएको छ । उहाँले स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ्नका लागि मेयर साहसँग आग्रह समेत गर्नुभएको छ ।

उहाँले फुटपाथ व्यवस्थित गर्दा निश्चित ठाउँ र समय तोकेर स्वरोजगार श्रमिकहरूको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ । संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य रहेको उहाँको तर्क छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.