केन्यासँगको दोश्रो खेल जित्न नेपाललाई १३३ रनको लक्ष्य

दोस्रो टी २० अन्तर्राष्ट्रियमा केन्याले नेपाललाई जितका लागि १३३ रनको लक्ष्य दिएको छ ।

नैरोवीस्थित जिमखान क्रिकेट मैदान नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गरेको केन्याले ८ विकेट गुमाएर १३२ रन बनाएको हो । केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन बनाए भने नेहेमिह ओडिएम्बोले ३१, इर्फान २२ रन बनाए । सचिन बुडिअले १४ रन जोडे ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.