कैलालीमा जीपको ठक्करबाट पैदलयात्रुको मृत्यु

कैलालीमा जीपको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । सोमबार बिहान गोदावरी धामनजिकै ग १ ज ६८५५ नम्बरको जीपको ठक्करबाट गोदावरी नगरपालिका–१, भालुखोलाका ४५ वर्षीय सेकुराम चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।

जीप चालक बाजुराको बडीमालिका नगरपालिका–६ का २६ वर्षीय गणेश बडुवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.