कोरोना संक्रमणका कारण एक जनाको मृत्यु

देशभर पछिल्लो समय २ हजार ८१८ जनामा कोरोना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा ५२ जना कोरोनामुक्त भएका छन्। कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।

योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार १८ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। हाल ११ सय २२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.