क्लिन फिड लागू हुँदा उपभोक्ता मारमा

गत कात्तिक ७ गतेबाट सरकारले विज्ञापनरहित विदेशी च्यानलहरू बन्द गरेको छ । यो विगत एक वर्षअगाडिदेखि नै सरकारको योजना थियो र सोहीअनुरूप ऐन जारी गरी समय थप भएको र यसअघि भारतीय बोर्डकास्टर, डिस्कोभरी नेटवोर्क, बीबीसी न्युज र नेपाल केबल महासंघजस्ता संघ–संस्थाबाट क्लिन फिडको म्याद थप गर्न मागसमेत गरेका थिए । तर मन्त्रालयले ऐनको मर्म र भावनाअनुरूप नै आग्रह गरिएको भन्दै त्यसो नगर्न आग्रहसमेत गरेका थिए । कात्तिक ७ गतेपछि नै विदेशी च्यानलमा विज्ञापन बजेको थिएन । कुनै–कुनै च्यानल फाट्टफुट्ट आए पनि विज्ञापनरहित थिए । अहिले ती च्यानलहरू पनि आएका छैनन् । यो हामी सबैका लागि गौरवान्वित कुरा हो । विदेशी च्यानलमा आएका विज्ञापन आमनेपाली जनताले हेर्ने अनि रोयल्टी अर्थात् नेपाली रुपैयाँ सबै विदेशतिर जाने । बरु यसको सट्टामा नेपालबाट उत्पादित भएको वस्तु तथा सेवाको विज्ञापन गरेर नेपाली च्यानलहरूलाई नै दिएर प्रसारण गर्न दिए नेपाली विज्ञापन बजारको अर्थतन्त्र मजबुत हुनुका साथै नेपालभित्र रहेका जति पनि विज्ञापन व्यवसायीहरू छन्, उनीहरू पनि विज्ञापन बजारको व्यवसायमा सक्रिय हुन मौका पाउने देखिन्छ भने मुलुकभित्र उत्पादित भएको वस्तु तथा सेवाको विज्ञापन बजारले पनि प्रोत्साहन पाउनुका साथै मुलुकको अर्थतन्त्र पनि टेवा पुग्न मद्दत गर्छ ।
तर, पछिल्लो समयअनुसार सरकारले लागू गरेको क्लिन फिडका कारण धेरै नेपाली उपभोक्ता भने मारमा परेका छन् । कसैले केही दिनअगाडि अर्थात् कात्तिकभन्दा अगाडि केबुलको पैसा तिर्ने मानिसहरूले च्यानल हेर्न पाएका छैनन् । युवा पिँढीहरूमा आउन लागेको आईपीएल क्रिकेट हेर्नबाट वञ्चित भएका छन् । त्यसैगरी गृहिणीहरूलाई त च्यानल नआउँदा सिरियल नै हेर्न नपाउँदाको दुखेसो आफ्नो ठाउँमा छ । कति सर्वसाधारण त टेलिभिजनमा बिनाजानकारी विदेशी विज्ञापनरहित च्यानल हटाउने भन्ने विषयमा अनभिज्ञ अर्थात् जानकारी नभएको बताउँछन् ।
तर, अब के यो च्यानलहरूको नवीकरण गरेका धेरै उपभाक्ताको रकम फिर्ता आउँछ त ? यस विषयमा भने केबुल व्यवसायी तथा सरकारले गम्भीर ध्यान लिनुपर्ने उपभोक्ताहरू बताउँछन् । त्यसैगरी दोलखा घर भएका लाजिम्पाटमा कोठा गरी बस्ने नवीन थापा (नाम परिवर्तन) को गुनासो पनि उस्तै छ । उनी भन्छन्, “बालबच्चाहरू कार्टुन हेरुन् र आफू पनि फिल्म हेरौं भनेको त रुममा केबुल नै पर्याप्त आएको थिएन । अनि सोचें, किन केबुल नआएको होला भनेको त चारैतिर हल्ली–खल्ली गरेअनुसार कतै पनि च्यानल आएको छैन । अन्त्यमा पो सरकारले नै विदेशी विज्ञापनमुक्त च्यानल पो हटाएको रहेछ भन्ने जानकारी पाएँ ।” यसरी आफूलगायत आमउपभोक्ता मारमा परेको समेत उनले बताए । उनी भन्छन्, “अब यसको विकल्पमा सरकारले के गर्छ ?”
हो, सरकारले केही साता अर्थात् कात्तिक ७ गतेबाट मुलुकमा विज्ञापनरहित विदेशी च्यानलहरू पूर्ण रूपमा क्लिन फिड लागू गरेको छ । तर अब केबुल टेलिभिजन च्यानलमा मात्र नभएर इन्टरनेटलगायत सोसल साइटहरूमा पनि विदेशी विज्ञापन नबजाउन विभिन्न संघ संस्थाहरूले सरकारलाई दबाब दिएका छन् । यसले गर्दा विदेशी च्यानलहरूमा विज्ञापन नआए पनि इन्टरनेटको माध्यम तथा सोसल साइटबाट विज्ञापन आउने हुँदा यसले नेपाली बजारमा विज्ञापन व्यवसायमा कमी आउने हुनाले यस्ता इन्टरनेट तथा सोसल साइटहरूमा पनि विज्ञापन नहाल्न तथा नबजाउन विभिन्न व्यवसायीहरूको सरकारसँग माग रहेको छ । अर्कातर्फ भन्दा सरकारले गरेको यो क्लिन फिड चारैतर्फ स्वागतयोग्य रहेको समेत आममानिसको धारणा छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.