खाली ग्यास सिलिन्डर भरेर राख्न उपभोक्तालाई आग्रह

काठमाण्डौ । कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा आपूर्ति प्रभावित हुने भन्दै नेपाल एलपी ग्यास उद्योग संघले आफूसँग भएको खाना पकाउने खाली ग्यास सिलिन्डर भरेर राख्न उपभोक्तासँग आग्रह गरेको छ।

एलपी ग्यास सहज तरिकाले आपूर्ति व्यवस्था गर्न नेपाल आयल निगमले बुधबार संघलाई पत्राचार गरेको थियो । सोहीअनुसार संघले उपभोक्तालाई खाली सिलिन्डर यथाशीघ्र भर्न आग्रह गरेको हो। 

गत वर्ष कोरोनाले देश आक्रान्त भएको बेला एलपी ग्यासको बिक्रेता तथा उपभोक्ताको सहयोगले एलपी ग्यास अभाव नभई सबैलाई उपलब्ध गराउन सफल भएको पनि संघले दाबी गरेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.