खुल्नासाथ भारतीय सेयर बजारमा भारी गिरावट, १ मिनेटमै लगानीकर्ताहरुको ६ लाख करोड स्वाहा

साताको पहिलो कारोबार दिन सोमबार भारतीय सेयर बजारमा भारी गिरावट आएको छ। भारी गिरावटका कारण १ मिनेटमै लगानीकर्ताहरुको सम्पत्ति झन्डै भारु ६ लाख करोडले घटेको छ।

बजार खुलेको १ मिनेटमै सेन्सेक्स ११०० अंकले घटेर ५५९२७ को विन्दुमा झरेर कारोबार भइरहेको छ। यही कारण १ मिनेटमै कुल बजार पुँजीकरण झन्डै भारु ६ लाख करोडले घटेर भारु २५४ लाख करोडमा झरेको छ। गत शुक्रबार कुल बजार पुजिकरण भारु २५९.४७ लाख करोड थियो। बीएसईको सेसेक्स ४९४ अंकले घटेर ५६५१७ को विन्दुमा झरेर कारोबार भइरहेको छ। सेन्सेक्समा ३० कम्पनीमध्ये  पावरग्रिड र बिप्रोको सेयरभाउमात्रै बढेको छ। अन्य २८ कम्पनीका सेयरमा भारी गिरावट आएको छ। टाटा स्थिलको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ। एसबीआई, एचडीएफसी बैंक, इन्डसइन्ड बैंक, बजाज फिनसर्व, महिन्द्रा एन्ड महिन्द्रा, अल्ट्रोक, एक्सिस बैंक, बजाज फाइनान्स, एयरटेल, टेक महिन्द्राजस्ता कम्पनीको सेयरभाउ पनि २.२ प्रतिशत बढीले घटेको छ। –एजेन्सी

सम्बन्धित
Leave A Reply

Your email address will not be published.