ग्लोबल आइएमईको नयाँ शाखा भोटेखोला गाउँपालिकामा

ग्लोबल आइएमईको नयाँ शाखा भोटेखोला गाउँपालिकामा

ग्लोबल आइएमई बैङ्क लिमिटेडले प्रदेश नं. १ को सङ्खुवासभाको भोटखोला गाउँपालिका स्थित हटियाबजारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । यस भोटखोला शाखा कार्यालय थप भएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १३५ पुगेको छ ।

वाणिज्य बैंकहरुले २४३ स्थानीय तहमा आफ्नो शाखा स्थापना गरी सञ्चालनमा ल्याउनुपर्ने नेपाल राष्ट्र बैंकको प्रावधान अनुरुप ग्लोबल आइएमई बैंकलाई तोकिएका १७ स्थानीय तहमध्ये १७ वटै स्थानहरु आफ्ना शाखा सञ्चानमा ल्याएको छ । संखुवासभा जिल्ला र त्यस वरपरका बासिन्दालाई सेवा पु-याउने उद्धेश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ सेवा प्रदान गर्नेछ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैङ्कले १३४ वटा शाखा, १५ वटा राजस्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२४ शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि-सम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यसैगरी बैंकले मलेसिया,दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।