चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन

चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन भएको छ । ४२ दिनसम्म कोमामा रहेका श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही महिनाअघि हृदयघात भएपछि उनलाई लामो समयसम्म मुम्बईको अस्पतालको आईसीयूमा उपचार गरिएको थियो ।श्रीवास्तवको जन्म उत्तर प्रदेशको कानपुरमा सन् १९६३ डिसेम्बर २५ मा भएको थियो ।

बाल्यकालमा उनको नाम सत्यप्रकाश श्रीवास्तव भए पनि बलिउडमा उनी राजु श्रीवास्तवको नामले चिनिन्छन् । बाल्यकालदेखि उनी मिमिक्री र कमेडी गर्ने गर्थे । श्रीवास्तवले राजनीतिमा आफ्नो पाइला अघि बढाएका थिए ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.