चितवनमा बच्चा अपहरण गरेको आरोपमा एक भारतीय महिला पक्राउ

चितवनमा बच्चा अपहरण गरेको आरोपमा प्रहरीले एक भारतीय महिलालाई नियन्त्रणमा लिएको छ।

असोज ४ गते मध्यान्ह साढे १२ बजे चितवनको भरतपुर महानगरपालिका–१७ गन्जानगरका ४ वर्षीय बालकलाई ललाइफकाई लैजाँदै गरेको अवस्थामा प्रहरीले भारतको रहसी गाउँ बस्ने ३८ वर्षकी अनिता पालले नियन्त्रणमा लिएको हो।

पाललाई जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा ४ दिन म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.