छ महिनामा १० करोडको तरकारी आयात

महेन्द्रनगर-भन्सार कार्यालयबाट दस करोड भन्दा बढीको तरकारी आयात भएको छ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका अनुसार आर्थिक वर्ष २०७७-०७८ को प्रथम चौमासिकदेखि हालसम्म १० करोड छ लाखको भारतीय तरकारी भन्सार कार्यालयमार्फत नेपाल आयात भएको हो । भन्सार कार्यालयका सूचना अधिकारी नकुल शर्माका अनुसार कोरोना महामारीको समय भएपनि स्थानीय उत्पादनको कमीका कारणले ठूलो परिमाणमा तरकारी आयात भएको छ । भारतबाट आयात हुने तरकारीमध्ये धेरैजसो आलु, प्याज, गोलभेडा, गाजरलगायतका तरकारी बढी आयात हुने गर्दछ ।


सिजनमा भने तरकारी आयातमा केही हदसम्म कमी आउने गरेको छ । छ महिनामा आयात भएको तरकारीबाट राजस्वमा पनि बढवा आएको छ । कोरोना पछि सुरु भएको लकडाउन र सीमानाका बन्द भएको अवस्थामा सुस्ताएको बजारमा तरकारी भने आयात भइरहेको सूचना अधिकारी शर्माले बताए ।


“कोरोना महामारीमा कुनै कमी आउन नसकेको भएपनि तरकारी भने आयात भइ्रहेको छ, एक दिनमा ३ गाडी तरकारी आयात हुने गर्दछ ।” सूचना अधिकारी शर्माले भने, “नेपाली बजारमा तरकारीको माग उच्च भएकाले मुख्य–मुख्य तरकारी आयात गर्न भन्सार कार्यालयले सहज गरेको अवस्था पनि हो, मुख्यतया तरकारी आयात भने आधा भागले घटेको अवस्था पनि सँगसँगै छ ।”


विगतका दिनमा भारतबाट आयात हुने तरकारी प्रत्येक दिन छ वटा गाडीसम्म नेपाल आउने गरेका थिए । कोरोना महाकारी पछाडी तरकारी माग बजारमा उच्च भएपनि स्थानीय उत्पादनले केही हदसम्म बजार पाउन थालेको अवस्था छ । स्थानीय उत्पादनमा मानिसहरु केन्द्रित भएकाले पनि भारतीय तरकारी आयातमा कमी आएको उनले बताए ।


तरकारीसँगै दिनहुँ लत्ताकपडा, खाद्यान्न, फलफूल र हार्ववेडरका सामानहरु भने आयात भएको भन्सार कार्यालयको भनाइ छ । यस्तै राजस्वमा भने भन्सार कार्यालयले लक्षअनुसार नै सफलता पाएको छ । कोरोना महामारीको अवस्थालाई मध्यनजर गरेर लक्ष्य तोकिएको भएपनि राजस्व असुलीमा भने पछाडि नरहेको सूचना अधिकारी शर्माको भनाइ छ ।


“आर्थिक वर्ष २०७७÷०७८ मा कार्यालयको राजस्व संकलन लक्ष्य ३४ करोड भन्दा बढी थिया । महामारी भएपनि सामान आयातमा कमी नआएकाले पनि राजस्वमा गिरावट भने आएको छैन” उनले भने, “छ महिनामा कुल लक्ष्यको राजस्व पनि आधा उठिसकेको छ, हालसम्म १८ करोड राजस्व संकलन भएको अवस्था छ ।” गत आर्थिक वर्षमा ४८ करोड ८८ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको भन्सार कार्यालयले २६ करोड २२ लाख मात्रै राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्षको अन्तिममा कोरोना महामारीका कारण ३ महिना भन्सार कार्यालय बन्द भएकाले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको सूचना अधिकारी शर्माले बताए ।


यस आर्थिक वर्षमा पनि कोरोना महामारीको प्रभावले सीमानाका सहज रुपमा खोलिएका छैनन् । सामान्य गाडीमा आएको सामानलाई मात्रै राजस्वको श्रोत मानिएकाले लक्ष्य कम भएपनि कोरोनाका कारणले राजस्व संकलनमा धेरै कमी आएको सूचना अधिकारी शर्माको भनाइ छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.