जिल्ला अस्पतालमा कार्यरत दुई जना कर्मचारीलाई हातपात गरेको आरोपमा एक जना पक्राउ

जिल्ला अस्पतालमा कार्यरत दुई जना कर्मचारीलाई हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन्। अस्पतालका कर्मचारी माथि हातपात गरेको आरोपमा हेल्थ असिस्टेन्ट तथा निवर्तमान प्रशासन प्रमुख दिपेश श्रेष्ठलाई नियन्त्रणमा लिइएको रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी विरेन्द्र गोदारले जानकारी दिए।

डिएसपी विरेन्द्र गोदारका अनुसार श्रेष्ठलाई बुधबार बिहान नियन्त्रणमा लिएको छ। हेल्थ असिस्टेन्ट तथा निवर्तमान प्रशासन प्रमुख श्रेष्ठले मंगलबार साँझ साढे ७ बजे अस्पतालकै क्वाटरमा बसिरहेको अवस्थामा अस्पतालका फार्मेसी इन्चार्ज धिरज रौनियर र अस्पतालका सूचना अधिकारी समेत रहेका मेडिकल रेकर्डर सुपरभाईजर शेखर खत्रीलाई हातपात गरेका थिए।

श्रेष्ठले मंगलबार साँझ खान खाईसकेर क्वाटरमा बसिरहेको अवस्थामा फार्मेसी इन्चार्ज रौनियर र सूचना अधिकारी र खत्रीलाई हातपात गरेको डिएसपी गोदारले बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.